उदेश्य ः—
नेपालको संम्विधानको भाग ३ धारा ३१ दफा २ अनुसार विद्यालय तह निःशुल्क भएको परिप्रेच्यमा पुत्र शोकबाट बिचलित विछिप्त निराश भौतिक शरिर मात्र लिएर गन्तब्य बिहिन भौतारियका बेद तथा सीता हृदयस्वर छोरा स्व. बाबु सागर प्रति समर्पित सम्झना स्वरुप सञ्चालित सागर मेमोरियल बोर्डिङ्ग स्कुल छोरा र यस संस्थामा अध्ययनरत स—साना नानीबाबुहरु नाती नातीना को रुपमा आँखामा बसाई भक्कानियको मनलाई परिभाषित गर्ने आँसु रोक्ने थलो, सेवाको भावनाले प्रेरित शैक्षिक संस्थामा शिक्षा हासिल गर्ने बालबालिकालाई पुर्ण निशुल्क नभएता पनि न्यून शुल्कमा अध्यापन गराउने संकल्पगर्दै अक्षय कोष खडा गर्ने ।
१. सागर स्मृती अक्षय कोष स्थापना गर्ने ।
२. छात्र बृत्ति सञ्चालन गर्ने ।
३. अत्याधुनिक प्रविधिको उचित ब्यबस्थ गर्ने ।
कार्य योजना ः—
१. भारतिय सेनाबाट अबकाश स्वरुप प्राप्त पेन्सनको ३३ ५(प्रतिशत) प्रतिमहिना जम्मा गर्ने ।
२. विद्यालयमा कार्यरत शिक्षकहरु मध्य न्यून बेतन भएका शिक्षकहरु मध्य न्यूनतम तलब बराबरको तलब रकम प्रतिमहिना जम्मा गर्ने ।
३. हामी दुई बेसाहारा माता पिता मर्म बेदना, पिडा र स्नेहलाई आत्मसाथ गरी यो महान कार्यको संकल्पलाई कदर गरी स्वदेश विदेशमा रहेर संचालित संघ संगठनमा आवद् तथा रोजगारी को शिलसिलामा पाल्नु भएका दाजु भाई दिदी ईष्टमित्रले यो घटनाबाट भाबविब्हल सम्पूर्णबाट आह्वान गरे वापत प्राप्त राशीलाई आर्थिक सहयोग संकलन गर्ने ।
४. अक्षय कोषको रकम रु ७,००,००,०००÷—(अक्षय रुपियाँ सात करोड) हामी द्दय मातापिताको अन्तिम अवश्था सम्म पुरा गर्न नसकेको खण्डमा बाबुले पाउन पर्ने पैतृक सम्पत्ति स्वरुप विद्यालय जाने सडकको दक्षिण तर्फको जमिन बेचबिखन गरी उक्त प्रस्ताबित कोषको रकम पुरा गर्ने संकल्पका साथ प्रतिबद्धता जाहेर गदर््छौं ।
५. यस कोषलाई समय सापेक्ष बनाई राख्न संकलित रकमको ब्याजबाट ५० ५(प्रतिशत) अक्षयकोषमा जम्मा हुनेछ, भने ५० ५(प्रतिशत) खर्च गरीने छ ।
सम्मान प्रक्रिया ः—
१. रु १००० सम्म दान गर्ने दान दाताको स्रद्दादान पुस्तिकामा सकम सहित अभिलेख गरीने छ ।
२. रु १०००० सम्म दान गर्ने दान दाता लाई स्रद्दादान पुस्तिकामा अभिलेखको साथ रसिद विद्यालयको बार्षिक उत्सबमा दान रकम उद्धोष, खादा सहित सम्मान गरीने छ ।
३. रु ११००० देखी ३०००० सम्म दान गर्ने दानदातालाई स्रद्दादान पुस्तिकामा अभिलेख, सम्मान पत्र सहित विद्यालयको बार्षिक उत्सबमा खादा दान रकम उद्धोष, सहित सम्मान गरीने छ ।
४. रु ३१००० देखी ५०००० सम्म दान गर्ने दानदाता लाई श्रदादान पुस्तिकामा अभिलेख, फ्रेममा सम्मान पत्र, विद्यालयको बार्षिक उत्सबमा खादा दान, रकम उद्धोष,सहित सम्मान गरीने छ ।
५. रु ५१००० देखी १००००० सम्म दान गर्ने दानदातालाई माथीका सबै सम्मान सहित बाबुको शालिकको वरीपरी पर्खालमा लगाईने मार्वलमा नाम अंकित गरीने छ ।
६. रु १००१०० देखी १०००००० सम्म दान गर्न दानदाता लाई माथीका सबै सम्मान सहित बाबुको शालिकको चारै दिशामा रहने चार वटा मार्बलबाट बनेका मुटु (दिल) को विच दानदाताले चाहेको ब्यक्तिको नाम अंकित गरीने छ ।
७. रु १०००१०० देखी ३०००००० सम्म दान गर्न दानदाता लाई माथीका सबै सम्मान सहित प्राप्त दान रकम बाट १० ५(प्रतिशत) रकम दानदाताले चाहेको ब्यक्तिको नामबाट अक्षयकोष स्थापित गरी विद्यालयको बार्षिक उत्सबका दिन प्राप्त ब्याजको ५०५(प्रतिशत) जेहन्दार विद्यार्थीलाई पुरस्कार बितरण गरीने छ भने ५० ५(प्रतिशत) अक्षयकोषमा नै थपिने छ । साथै यस सागर मेमोरियल बोर्डिङ्ग स्कुलको गरीमामय विद्यालय ब्यबस्थापन समितिमा मनोनयन गरीने छ ।
८. ३०००१०० देखी ५०००००० सम्म दान गर्न दानदाता लाई माथीका सबै सम्मान सहित प्राप्त दान रकम बाट २० ५(प्रतिशत) रकम दानदाताले चाहेको ब्यक्तिको नामबाट अक्षयकोष स्थापित गरी विद्यालयको बार्षिक उत्सबका दिन प्राप्त ब्याजको ५० ५(प्रतिशत) जेहन्दार विद्यार्थीलाई पुरस्कार बितरण गरीने छ भने ५० ५(प्रतिशत) अक्षयकोषमा नै थपिने छ । साथै यस सागर मेमोरियल बोर्डिङ्ग स्कुलको गरीमामय पद सागर अक्षयकोषको सदस्य मनोनयन गरीने छ ।
९. ५०००००० देखी माथी दान गर्ने दानदाता लाई माथी का सबै सम्मान सहित दानबिरको उपाधि,यस सागर मेमोरियल बोर्डिङ्ग स्कुलको गरीमामय विद्यालय ब्यबस्थापन समिति तथा सागर अक्षयकोषको सदस्य सहित विद्यालय परिसर भित्र शालिक स्थापना गरीने छ ।
१०. दानवीरले भुमि दान लगाएत तल उल्ललेख भए अनुसार स्रद्दादान गर्न चाहेको खण्डमा सहर्ष स्विकार गरी प्राविधिक द्धारा मुल्याङ्कन गरी माथीका सबै सम्मान गरीने छ ।
क्र सं सामग्री क्र सं सामग्री
०१ त्ऋए ०८ क्अष्भलअभ बिद क्ष्तझुक
०२ ऋऋ ऋबmभचब, म्ष्नष्तब िऋबmभचब ०९ ीष्दचबचथ द्यययपुक
०३ म्ष्नष्तब िद्ययबचम, एचयवभअतयच १० मानव अस्थिपन्जर
०४ ऋयmउगतभच, बिउतयउ ११ भवन र्निमार्ण
०५ द्यष्लयअगबिच, त्भभिकअयउभ १२ विद्यालय यातायात साधन
०६ ःष्अचयकअयउभ
०७ ःगकष्अ बलम कयगलम कथकतझ
११. आफ्नो एक मात्र सुपुत्र जो वंशजको अतुलनिय दुर्घटनालाई आत्मसाथ गर्नै नसक्ने कोशिसलाई यही जन्मेका हुर्केका बालबालिकाको भविष्य उज्वल बनाई यहि समाजलाई चाहिएको दक्ष जनशक्ति सृजना गर्ने दृढनिश्चय गरी आफ्नो संम्पुर्ण भौतिक, आर्थिक र बौद्दिक समर्पण गरी शुरु गरेको यस महान कार्यलाई हामी आमा बाबाको मर्मस्पर्शि भावनालाई बुझि सहयोग गर्ने संघ, संगठन, संस्था, कम्पनी, विद्यालय, विदेशी पाहुना, समुदायबाट संकलन गरी सहयोग स्वरुप प्राप्त आर्थिक सहयोगी, शुभचिन्तकलाई माथि उल्लेख सबै सम्मान गरीने छ ।
१२ अंग्रेजी भाषा शुद्धिकरण ध्यानमा राखी स्वदेश वा विदेशबाट भाषा स्वयंसेवक उपलब्ध गराई दिनु हुने मध्यस्थकर्तालाई उच्च गर्दै कदर स्वरुप विशेष सम्मान गरीने छ ।