सागर मेमोरियल बोर्डिङ्ग स्कुल
माछापुच्छे«–३,घाचोक कास्की
भुमिका
नेपालमा १०४ बर्ष सम्मको लामो जहाँनिया निरङ्कुश राणा शासनको पालामा नेपाली जनताले शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित भए । जब तत्कालिन राजा त्रिभुवन र नेपाली जनताको कठोर संधर्ष र आन्दोलनबाट वि.सं. २००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो तत्पश्चात नेपालमा शिक्षा विकासको चरण शुरुवात भयो र जनताका छोरा छोरीका लागि विद्यालयहरु स्थापना हुँदै गए । शिक्षाको तहगत र विषयगत उदेश्यहरुको रेखाङ्कन संरचनामा बृद्धि हुदै गयो । जसले गर्दा नेपाली जनतामा शिक्षाको महत्व बढ्दै गयो र शैक्षिक चेतनामा पनि सुधार हँुदै जाने क्रममा नेपालको शिक्षामा अन्तराष्ट्रिय शिक्षासंग प्रतिस्प्रर्धा गर्ने क्षमताको विकास हुन सकेन अर्थात अन्तराष्ट्रिय बजारमा विक्रीहुने गुणस्तरीय शिक्षाको अभाव नेपालमा खड्किएको महसुस हुन थाल्यो ।
मुख्यरुपमा विश्वका अधिकांश मुलुकमा साझा भाषाका रुपमा चलिआएको अंग्रेजी भाषा शिक्षणको अपरिहार्य आवश्यकताको महसुस भयो । फलस्वरुप अंग्रेजी माध्यमका रुपमा निजि विद्यालयको जन्म हुन थाले । तर यो केवल शहर बजारमा मात्रै सिमित रह्यो । शिक्षित र शिक्षाको महत्व बुझेका ब्यक्तिहरुको लागि मात्र । सरकारी विद्यालयले अंग्रजी माध्यमको शिक्षा उपलब्ध गराउन साधन स्रोत र दक्ष जनशक्तिको अभाबका कारण विद्यालयमा अंग्रजी माध्यमको शिक्षा प्राप्त गर्ने अबसरबाट बञ्चित हुन पुगे । जसरी राणा शासनकालमा जनताका छोरा छोरी शिक्षा प्राप्त गर्र्ने अवसरबाट बञ्चित भए त्यसैगरी प्रजातन्त्र स्थापना पछि विद्यालयमा अंग्रजी माध्यमको शिक्षा प्राप्त गर्ने अवसरबाट ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरीब जनताका छोरा छोरी बञ्चित भए । सर्वसाधारण, ग्रामिण जनताले चाहेर पनि यो अबसरबाट बञ्चित हुन परेको परिप्रेक्षयमा अति न्यून शुल्क, पारिवारिक र शान्त वातावरण, पूर्ण बालमैत्री लैङ्गिक विभेद, समावेशी, पुर्णरुपमा क्ष्ऋत् मा आधारीत गुणस्तरीय शिक्षा (अंग्रेजी माध्यम) बाट प्रदान गर्ने उदेश्य राखी नितान्त सेवाको भावनाले प्रेरित, ब्यवसायिक र नाफामुखी भावनाबाट निरुत्साहीत, राजनितिबाट टाढा, सेवाबाट अवकाशको समयलाई शैक्षिक क्षेत्रमा लगनशिलताका साथ ब्यतित गर्ने मनशाय को साथसाथै स्वर्गीय पुत्रको पिडा र मर्मरुपी शुन्यहृदय, बुढेशकालको साहाराको रुपमा परिभाषित भावनात्मक शब्द बाबुलाई खोजि रुने आँखा, एक्लो मनमस्तीष्कलाई भौतिक शरीर विश्राम लिने समय सम्म बालबालिका संग अभिभावकको रुपमा समय बिताउने उदेश्यले एक निजि विद्यालयको स्थापना गर्ने निर्णय गरीयो ।
अफसोच यो विद्यालय स्थापना गर्ने सोच र मनस्थिती सिर्जना हुनुको अगाडी एक महान र दःुखद एवं अत्यन्तै पिडादायक घटना रहेको छ । जुन हाम्रो वंशजको एक मात्र सुपुत्र स्व. श्री सागर (फलेश कुमार श्रेष्ठ ) जो इन्जिनियर तेस्रो बर्ष अध्ययनरत थिए । जसको तनहूँ जाने क्रममा बाटोमा अचानक मोटरसाईकल दुर्घटना भई असामयिक र अल्पायूमै दःुखद निधन हुनु हो । आफ्नो एकमात्र सुपुत्रको यसरी निधन भए पश्चातको विच्छिप्त र उजाड उवं तरङ्गित मनलाई एउटा विश्राम स्थल र त्यहाँ समय विताउने माध्यमको रुपमा हामी दम्पत्ती द्दय बेद कुमार श्रेष्ठ र सीता देवी श्रेष्ठले आफ्नै हकभोग भित्र को करिब ५ रोपनी क्षेत्रफलमा आफ्नै निजि लगानीमा ब्यवस्थित तरीकाबाट गुणस्तरीय शिक्षा दिने उदेश्य राखि स्व. सुपुत्रकै नामबाट श्री सागर मेमोरियल बोर्डिङ्ग स्कूल स्थापना गर्यौं ।
अन्तमा यस संस्था स्थापनाको क्रममा हामीलाई विभिन्न क्षेत्रबाट बौद्धिक, भौतिक तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण महानुभाव प्रति हादिैक धन्यबाद ज्ञापन गर्दै यस विद्यालयमा सम्पुर्ण गाउँ बासीको निरन्तर सहयोगको अपेक्षाका साथै यस शैक्षिक संस्थाबाट निरन्तर स्तरीय शिक्षा प्रदान गरी दुःखद घटना बाट स्थापित यस सागर मेमोरियल संस्थाको नाम सबैकोे प्रशंसनिय बनाउन कुनै कसुर नराख्ने र निरन्तर लागि रहने कुराको प्रतिवध्दता समेत ज्ञापन गर्दै सहयोगी हातहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।