सागर मेमोरियल बोर्डिङ्ग स्कुल
माछापुच्छे«–३,घाचोक कास्की
पृष्ठभुमी
संवत २०६७ सालको बैसाख आमा औसी (माता तिर्थ) को दिन हिन्दु परम्परा र संस्कृति एवं चलनचल्ति अनुसार छोरा छोरीले आफ्नो जन्मदिने आमालाई आफ्नो क्षमता र हैसियत अनुसारको विभिन्न फलफूल र मिष्ठान्न प्रदान गरी सेवा गरेर खुसी एवं तृप्ति बनाउने दिन तर अफसोच सोही दिन अर्थात उक्त समयमा माता श्री सीता देवी श्रेष्ठ पाठेघरको शल्यक्रियाका कारण अस्वस्थ अवस्थामा बिस्तारामा सुति रहेकै हुनुहुन्थ्यो । तथापी यस्तो अवस्थामा पनि आफ्नो कतब्र्य निस्ठा र हाम्रो संस्कृतिले दिएको रीतिलाई पुरा गर्ने उदेश्यले बिस्तारामा सुति रहेकी आमालाई सिरक पन्छाउदै मम् भन्दै सम्बोधन गरेर विविध फलफूल तथा मिष्ठान्न आफ्नो आमालाई सुम्पेर आफ्नो पठनपाठनको विशेष तयारीका लागी घरबाट आमासंग विदा हुदै निस्कन्छन तर संयोग र सोच किन त्यस्तो हुन गयो उनी घरबाट निस्केपछि पनि बारम्बार घर फर्कदै मामु संग पूनःविदा माग्दै फेरि निस्कदै फर्कदै गर्दा गर्दै अन्तत उनी घरबाट निस्केर आफ्नो यात्रा र गन्तब्यतर्फ लागे र संयोग यो नै आफ्नो मामु संगको उनको अन्तिम भेटघाट र बोलचाल रहेछ ।
यसपछि उनी घरबाट निस्केपछि आफ्नो कोठामा पुगेर अध्ययनको लागि ब्यस्त रहने क्रममा उनको एक प्रिय मित्रको फोन आई आफ्नो पढाईको सिलसिलालाई त्यही थाती राखेर आफ्नो प्रिय मित्रको फोनको कदर स्वरुप भेटघाटको क्रममा तनहूँ जिल्लाको गुणादीमा अचानक र दुर्भाग्यबस मोटरसाईकल दुर्धटना भई हामी सकल परिवार र हामी दाम्पत्तीलाई अर्यात (मातापितालाई) एक्लो बनाएर यो संसारबाट सदाका लागि विदा हुन पुगे जसले गर्दा हामी दम्पत्तीका बाँकी जीवनलाई एक्लोपन, निरस, शोकाकुल, नैरास्य र श्ुान्यतामा रुपान्तरण गरी सदाका लागि मानसिक, बौद्दिक र भौतिक रुपमा तड्पाएर छोडे । जुन घटनाले अर्थात हाम्रो हिन्दु संस्कारले दिएको रित अनुसार छोराको जुन औचित्य,महत्व छ त्यो सदाकालागि हामीबाट चँुडिएर गयो र अब उसका संम्झना रुपी छालहरुलाई अर्मुतरुपमा संम्झेर तरङ्गित हुने बाहेक उनको अवशेष हामीसंग केही रहेन । उनले आफु जिवित रहँदाको छोटो जीवनको कालखण्डमा प्रस्तुत गरेका प्रस्तुती, बाण्ी र क्रियाकलाप अब हाम्रो मानसिक पटलमा स्मरणमा मात्रै रहे अर्थात अवशेष र अदृश्यको रुपमा मात्र सिमित रहे । यो अत्यन्तै मर्मस्पर्षी, पिडादायक र मार्मिक घटनाले हामी दम्पत्ती द्धयलाई बाँकी जीवन जीउनको लागि र जिउने आधार र माध्यमको विकल्पमा भाँैतारिन पुग्यांै । रात दिनको तर्क, बितर्क र लामो समयसम्मको सोच र विचार पछि अन्तत निश्कर्षमा पुग्न बाध्य भईयो र उनको भौतिकरुपी शरीर हाम्रो साथबाट सदाका लागि टाडा रहेपनि उनको संम्झनारुपी अमुर्त शरीर र संम्झनाका खाँती र स्मरणको लागि त्यो मर्माहत पिडाबाट पोलेको घाउमा मलम लगाउने उदेश्य राखी निज स्वर्गीय सुपुत्र श्री फलेश कुमार श्रेष्ठ (सागर श्रेष्ठ) कै नामबाट आफ्नै निजि (पैतृक) भुमीमा एक नमुना रुपी विद्यालय स्थापना गरेर उक्त पिडाबाट चुडिएको मनमस्तिकलाई सम्हाल्ने प्रयत्न गर्यांै । र आज यो विद्यालयको जन्म हुनुको मुल मर्म यिनै मार्मिक घटनाको परिणाम हो । जहाँ हामी यस विद्यालयमा अध्ययन गर्न आउने तमाम अबोध बालबालिकासंग खेलेर रमाएर हाम्रो विच्छीप्द पिडालाई मलम लगाउने कार्य गरेका छौं ।
अन्तमा हाम्रो उक्त पिडा र मर्मरुपी दर्दलाई सबैले मनन गरी सहानुभूती प्रकट गर्नु हुनेछ भन्ने आशा र भरोशाका साथ यस विद्यालयलाई मेरो बौद्दिक, भौलिक र आर्थिक क्षमताले भ्याए सम्मको गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदानगर्दै यस विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्र्ने छु भन्ने कुराको प्रतिबध्दता ब्यक्त गर्दछु ।